पोखरामा आज सहकारी पीडितले प्रदर्शन गर्ने
काठमाडौं । कास्कीको पोखरामा बिहीबार सहकारी पीडितले प्रदर्शन गर्ने भएका छन् ।
बचत फिर्ताको माग गर्दै उनीहरुले मुस्ताङ चोकमा वृहत प्रदर्शन गर्ने भएका हुन् ।
यसअघि राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने तयारी गरे पनि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरे पछि उनीहरूले मुस्ताङचोकमा प्रदर्शनको तयारी गरेका हुन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति/सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन हुन लागेको हो । गोर्खा मिडिया प्रा.लि.मा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्न उनीहरूको माग छ ।
गोर्खा मिडिया प्रा.लि.का सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्न समेत उनीहरूको माग छ ।
प्रतिक्रिया