बझाङ उद्योग वाणिज्य सङ्घ महिला भलिबल कपको उपाधि शुक्लाफाँटालाई

कञ्चनपुर । बझाङ उद्योग वाणिज्य सङ्घ कप २०८१ महिला खुला भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले उचालेको छ ।

आज बुधबार  सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा बझाङ बित्थडचिर गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै शुक्लाफाँटाले उपाधि उचालेको हो । शुक्लाफाँटाका टिम म्यानेजर बहादुर सिंह महराका अनुसार पहिलो सेट २५–२२, तेस्रो सेट २५–९ र चौथो सेट २५–१२ अङ्कले शुक्लाफाँटाको टिम विजयी भएको छ ।

बित्थचिरले दोस्रो सेट २५–८ अङ्कका साथ जितेको उनले जानकारी दिए । प्रतियोगिताको विजयी शुक्लाफाँटाले रु एक लाख दुई हजार ८१ नगद पुरुस्कार प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो बित्थडचिरले रु ५२ हजार ५१ नगद पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितमा तेस्रो हुनेलाई रु २२ हजार ८१ र सान्त्वना प्राप्त गर्नेलाई रु पाँच हजार पाँच सय ८१ पुरस्कार प्रदान गरिएको छ । खेलाडीको अथक मिहिनेत र अनुशासनको प्रयासले प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको महराले बताए ।
 

प्रतिक्रिया