आज कोशीका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ
सभामुखवाट राजीनामा दिएका गौतमलाई आर्थिक मामिला मन्त्रीको जिम्मेबारी
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । मुख्यमन्त्री थापाले अहिले केही बेरमा शपथ लिने कार्यक्रम तय भएको छ । आजै गठबन्धनान रहेका प्रत्येक दलबाट एक÷एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरि शपथ ग्रहणको तयारी छ । जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ । माओवादीबाट सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा, कांग्रेसबाट अघिल्लो सरकारका बिना विभागीयमन्त्री बनेका प्रदिपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादी कमलप्रसाद जबेगु मन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । सविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर समर्थन गरेपछि थापा मुख्यमन्त्री बनेका हुन । यसअघि सभामुख छँदै गौतमले दिएको समर्थनबाट असार २१ मा मुख्यमन्त्री बन्दा थापा सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका थिएरु। चार दलको बहुमत जुटाएर थापाले प्रदेश प्रमुख परशुराम खापुङबाट नियुक्ति पाए पनि विश्वासको मत हासिल गर्नेमा आशंका कायमै छरु। ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद चाहिन्छरु। सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका एक गरी ४७ सांसद छनरु। एमालेका ४० र राप्रपाका ६ सांसद छन ।।
प्रतिक्रिया