सुन तस्करी २ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल–भारतको खुल्ला सीमा नाकाका कारण महोतरी र धनुषाबाट करोडौँ मूल्य बराबरको सुन तस्करी हुँदै आएको पाइएको छ । भारतमा नेपालभन्दा १८ हजार रुपैयाँले प्रति तोला सुन सस्तो भएका कारण सुन तस्करी बढेको छ ।

हेटौँडाबाट ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैया मूल्यका ८ किलो ४३ दशमलब ९७ ग्राम सुन सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरिएपछि जनकपुरधामबाटै सुन तस्करी हुने गरेको रहस्य खुलेको हो । सुन नेपाल–भारतको महोतरी र धनुषा सीमा नाका हुँदै जनकपुरबाट भित्रियाइएका प्रहरीले जनाएको छ  ।

आरोपितहरु पक्राउ परेपछि उनीहरुले सो सुन जनकपुरधामबाट पटक पटक ल्याइएको र काठमाण्डौ पठाएको बताएपछि सुन तस्करीको अखाडा महोत्तरी र जनकपुर रहेको देखिएको छ । नेपालभन्दा भारतमा सुन सस्तो रहेको हुनाले भारतबाट सुन तस्करी हुने गरेको प्रहरीको अनुमान छ ।

नेपालमा भन्दा भारतमा करिब १८ हजार कममा प्रति तोला सुन पाइने गरेको छ । नेपालमा सुनको दरमा ५ प्रतिशत कर थपिदाँ महगो भएको हो । भारतमा सुनको भाउ सस्तिएपछि नेपालमा भारी परिमाणमा सुन तस्करी हुन थालेको छ । भारत सरकारले सुनमा लाग्ने भन्सार लगायतका करमा छुट दिएपछि अहिले उल्टो भारतबाट नै नेपालमा सुन तस्करी भएर आउन थालेको छ  ।

प्रतिक्रिया