झापाको कमल गाउँपालिकामा रात्री बसको ठक्करबाट बाबुछोरीको मृत्यु

काठमाडौं । झापाको कमल गाउँपालिका वडानम्बर –३ स्थित केर्खा बजारमा बसको ठक्करबाट बाबुछोरीको मृत्यु भएको छ । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत केर्खा बजारमा विद्युतीय साइकलमा सवार बाबु र छोरीलाई  काठमाडौंतर्फ आउँदै गरेको रात्रि बसले ठक्कर दिँदा दुबै  जनाको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  ।

घटनास्थल यति बेला तनावग्रस्त बनेको छ भने पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ।मृतकको नाम खुल्न नसकेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया