बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

काठमाडौं । नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरोपीडितलाई सहयोगका लागि ५ लाख २५ हजार सहयोग प्रदान गरेको छ ।

सङ्गठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापत्को चेक नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार हस्तान्तरण गरेका हुन् ।

नेपाल बुद्धिजीवी सङ्गठनका तर्फबाट सङ्कलित रकम बुझ्दै प्रचण्डले राष्ट्र र राष्ट्रियताको संवद्र्धनमा ध्यान दिन आग्रह गरे ।

उनले विपक्षी ५ वटा दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको बताउँदे ज्ञापनपत्रमार्फत राष्ट्र र राष्ट्रियताको संवद्र्धनबारे जानकारी गराइएको बताए ।

प्रतिक्रिया