काठमाडौंमा महिला अपहरण, घटनास्थल पुग्दै प्रहरी

काठमाडौं । काठमाडौंको चाल्नाखेलमा १ जना महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ । 

लेनदेनको ‘विवाद’ भएपछि एकजना महिलालाई बन्धक बनाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी परिचालन भइसकेको जनाइएको छ । 

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान थालेको छ ।
 

प्रतिक्रिया