तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने : गृह मन्त्रालय

काठमाडौं । तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ ।

यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी गरेको हो ।

वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले पनि तिहारमा पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइने तयारी सरकारले गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया