नागरिकको सेवामा तल्लीन हुन् निर्देशन : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा तल्लीन हुन् निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
 

प्रतिक्रिया