रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोज्यो: कांग्रेस

काठमाडौ। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित पर्ने काम गरिरहेको आरोप लगाएको छ। पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बुधबार विज्ञप्ति निकालेर   राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको आरोप लगाएको हो ।

सहकारी ठगी र संगठित अपराध कसुरमा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरिराखेको छ। उक्त प्रदर्शनप्रति लक्षित गर्दै कांग्रेसले हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृया तथा अनुसन्धानलाई प्रभावित गरेको बताएको हो।
सहकारी ठगीमा संलग्न आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका सञ्चालक जीवी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेको भन्दै कांग्रेसले सोही प्रकरणमा जोडिएका लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको उल्लेख गरेको छ । 

प्रतिक्रिया