ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः प्रभु साह

काठमाडौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको सयदिने कार्यकाल सत्ताको दुरुपयोगमै सीमित भएको टिप्पणी गरेका छन्।  

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष साहले ओली नेतृत्वको सरकार विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सीमित रहेको  टिप्पणी गरेका हुन् । उनले यो सरकार जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेर असफल भएको दाबी गरे। सरकार विपक्षी दलहरूलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए।

‘यो सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो। विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो। बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार सहयोगी होइन, पीडित जनताका लागि नै बोझ बनेको देखियो। जनतालाई उत्साहभन्दा पनि निराशा बनाउने काम गर्‍यो। देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो। सरकारको एक सय दिनमा प्लस खासै छैन, माइनस बढी छ । नकारात्मक बढी छ,’ उनले भने।

आफूसमर्थित पार्टीको अपराधीलाई बचाउने काममा ओली सरकार लागेको आरोप लगाउँदै साहले विपक्षमा रहेका पालिकाहरूमा ‘सरुवाआतंक मच्चाउने’ काम भएको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको भनेको मदन भण्डारीको अपमान गर्ने काम भएको समेत उनले टिप्पणी गरे। 

प्रतिक्रिया