सरकारको सय दिने प्रमुख कार्यको उपलब्धिबारे प्रधानमन्त्रीबाट सम्बोधन,सहकारी ठगी गर्नेलाई नछोड्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गरेका छन् ।

 सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा ओलीले यस अवधिमा भएका प्रमुख कार्य अहिले सार्वजनिक गरिरहेका छन् । 
 
   गत असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमालें) का अध्यक्ष ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

प्राकृतिक विपत्तिका बीचमा पनि वर्तमान सरकारले सुशासन, विकास र आर्थिक समृद्धि तथा भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको ओलीको दाबी छ । ओलीले सहकारी ठगी गर्नेलाई कानुनी कारवाहीमा ल्याएको पनि बताएका छन् । 

प्रतिक्रिया