लेवनाबाट बुधबार मात्रै इजरायलको हाइफामा २५ वटा रकेट प्रहार


एजेन्सी । आज बुधबार मात्रै  लेबनानबाट इजरायलको  हाइफा क्षेत्रमा  २५ वटा रकेट प्रहार गरिएको छ ।

इजरायली रक्षा बलका अनुसार हाइफाको उत्तरपूर्वमा पर्ने क्रायोट र आसपासका अन्य शहरहरूमा लेवनानबाट लामो दुरीका रकेट प्रहार भएका छन् । ती रकेट प्रहार भएपछि इजरायलमा सतर्कता साइरन बजेको थियो । लेबनानबाटप्रहार गरिएका  अधिकांश रकेटहरू इजरायली  हवाई प्रतिरक्षाद्वारा रोकिएका थिए ।  घटनामा कुनै हताहतीको खबर प्राप्त नभएको पनि इजरायलले जनाएको छ । इजरायलले लेवनानमा हिजबुल्लाह लक्षित हवाइ र स्थल आक्रमण गरिरहेको छ । 

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । त्यसकारण इजरायलले हिजबुल्लाहलाई पनि लक्षित गरेर लेवनानमा आक्रमण गरिरहेको हो ।  उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको छ । त्यसकारण इरानले आफैं र अन्य मुस्लिम लडाकू समूहको प्रयोग गरेर इजरायलमा रकेट र ड्रोन हमला गर्ने गरेको छ । 

हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरु भएयता ४३ हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ । इजरायलले भने यसको जिम्मेवार स्वयं हमास नै भएको बताउँदै आएको छ । हमासले अपहरण गरेका आफ्ना नागरिकहरु रिहाइ गर्नुपर्ने अडान पनि इजरायलको  छ । यद्यपि अपहरणमा परेका कतिपयलाई हमासले हत्या गरिसकेको र केहीको मृत्यु भएको बताइएको छ । जीवित रहेकालाई तत्काल रिहाइ गर्नु पर्ने माग इजरायलको रहेको छ ।   
 

प्रतिक्रिया