मिनबहादुरले एमालेलाई दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन् ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

रिटमा  १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ ।

उक्त भवनमा निर्माण रोक्नु भनी पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ  ।

प्रतिक्रिया

सरकारको सय दिन  : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

राष्ट्रपति पौडेललाई भेट्न प्रचण्डसहित विपक्षी दलका नेताहरू शीतल निवासमा

राष्ट्रपति पौडेललाई भेट्न प्रचण्डसहित विपक्षी दलका नेताहरू शीतल निवासमा

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे:  कांग्रेस

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे…

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः प्रभु साह

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः…

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी