इजरायली नयाँ निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग

एजेन्सी । इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर शहरको ठुलो भाग खाली गर्ने चेतावनी सहितको निकारी आदेश जारी गरे पछि लेबनानी नागरिकहरू उक्त स्थान बाट भागेका छन् । 
 
टायरको विपद व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले अवस्था निकै खराब भएकाले तिव्र गतिमा मानिसहरूलाई  सुरक्षित स्थान तर्फ स्थानान्त्ररण गरिएको बताए । 
 
व्यवस्थापन एकाईका मिडिया अफिसर बिलाल काशमारले धेरैजना शहर बाट भागेर उपनगरतिर गएको बताएका छन् । उनका अनुसार हाल सम्पूर्ण टायर शहर खाली भएको छ ।

कयौँ पिडाहरुको सामना गरि बसेका केही परिवारहरूले पटक–पटकको इजरायली धम्की र निकासी आदेशका कारण ज्यान बचाउन आफ्नो घर छोड्न थालेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । 

इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आह्वान गरे पछि मानिसहरू तुरुन्तै भाग्न थालेको जनाएको छ । 
 
सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सा सहितको फोटो पोस्ट गर्दै तुरुन्तै प्रभावित क्षेत्रबाट बाहिर निस्कि जीवन खतरा बाट जोगाउन आह्वान गरेका छन् । 
रासस 

प्रतिक्रिया