सिनेमा हलमा खाद्य तथा पेयपदार्थ एम.आर.पी.भन्दा बढी मूल्यमा बिक्री गर्न नपाइने

काठमाडौ । सिनेमा हलभित्र अब सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा धेरैमा बेच्न नपाइने भएको छ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

विभागले यही कात्तिक ५ गते नेपाल चलचित्र संघका पदाधिकारीसँग बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार संरक्षण गर्ने विषयमा छलफल गरेको थियो।

सिनेमा हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री–वितरण एमआरपी अर्थात् अधिकतम खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भएबमोजिम अबउप्रान्त कुनै पनि सिनेमा हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्न विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया