सरकारको सय दिन सकारात्मक देखिएन : नारायणकाजी श्रेष्ठ

विराटनगर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको एक सय दिनमा कुनै सकारात्मक काम गर्न नसकेको बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै श्रेष्ठले सरकारले एकसय दिनमा सकारातमक काम गर्न नसकेको हुँदा समीक्षा गर्नुपर्ने अवस्था आइनसकेको बताएका हुन् ।

वर्तमान सरकारले सामान्य संसदीय पद्धति र परम्परालाई आत्मसात गर्न नसकेको बताउँदै उनले सरकार निरंकुशतातर्फ अघिबढ्ने संकेत पाइरहेको बताए ।

उनले भने, ’अहिलेको सरकारले संसदीय पद्धति र मान्यतालाई पालना गरेको देखिँदैन । हाम्रो मुलुकमा दुवै पार्टी मिलेर निरंकुशतातर्फ जाने संकेत भएको सुरुमै भनेका थियौँ । अहिले सोही दिशातर्फ सरकार अघि बढिरहेको छ । अन्य दललाई हस्तक्षेप गर्न, विभाजन गर्नका लागि अध्यायदेश ल्याउन सरकारको तयारी देखिएको छ । जुन स्वभाविक होइन ।

उनले मुलुकको परिस्थिति दुईवटा पार्टीले मिलेर बनेको सरकारले अध्यादेश ल्याउने खालको नभएको बताए । बाढी पहिरो र डुबानमा परेकाहरुको नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारको भूमिका नदेखिएको उनले बताए ।

नागरिकलाई राज्य , सुशासनको प्रत्याभूति गराउनुपर्ने सरकारले केही भूमिका नखेलेका कारणपनि एक सय दिनको समीक्षा र मेहनत गर्नुपर्ने स्थिती नभएको उनको भनाइ छ ।

त्यस्तै, रास्वपाका सभापतिको पक्राउको विषयमा उनले छानविन र अनुसन्धान भेदभावपूर्ण भएको आशय ब्यक्त गरेका थिए ।

प्रतिक्रिया