साइबर सुरक्षा सम्बन्धि परामर्श दिदैं आएको जेनेसको नाइजेरियामा शाखा बिस्तार

काठमाडौं । साइबर सुरक्षा सम्बन्धि परामर्श दिदैं आइरहेको कम्पनी जेनेस सोलुसलने अफ्रिकी मुलुक नाइजेरियामा पनि आफ्नो शाखा बिस्तार गरेको छ । 

बेलायतमा मुख्य कार्यालय रहेको जेनेसले एक कार्यक्रमकाबीच नाइजेरियाको लागोस शहरमा आफ्नो शाखा कार्यालय स्थापना गरेको हो । सो अवसरमा जेनेस सोलुसनका संस्थापक प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयालले कम्पनीको  लागोसमा नयाँ शाखा स्थापनाले आफूहरुमा झन हौसला बढेको बताए । उनले अफ्रिकी मुलुक नाइजेरियामा जेनेसको पहिलो कार्यालय स्थापना हुनु निकै गर्वको बिषय भएको भन्दै उनले अन्य देशहरुमा पनि शाखा बिस्तार गर्ने योजनामा कम्पनी रहेको बताए ।

फुयालले साइबर सुरक्षाका साथै डिजिटल रुपान्तरणमा नाइजेरियामा शाखा स्थापनाले अर्थपूर्ण प्रभाव पार्ने उल्लेख गरे । उनले  नाइजेरियाको गतिशील प्राविधिक क्षेत्रको अपार सम्भावनालाई जेनेसको उपस्थितिले अझ सहयोग पुग्ने बिश्वास व्यक्त गरे । 

कार्यक्रममा जेनेस सोलुसनका प्रमुख टेक्नोलोजी र सूचना सुरक्षा अधिकारी निरञ्जन कुँवरले आजको डिजिटल परिदृश्यमा दीर्घकालीन व्यापार सफलताको लागि सक्रिय साइबर सुरक्षा व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले सूचना र सञ्चार प्रविधिहरू नाइजेरियाको आर्थिक विकासको आधुनिकीकरण र गति बढाउनको लागि महत्वपूर्ण रहेको बताए । 

लागोसस्थित बेलायती उप उच्चायोगमा भएको सो कार्यक्रम  यूके डिपार्टमेन्ट फर बिजनेस एण्ड ट्रेड  द्वारा आयोजना गरिएको थियो। कार्यक्रममा  नाइजेरियाका उद्योगी,व्यवसायी, सूचना प्रविधिसँग सम्बन्धित विशेषज्ञहरू लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

जेनेसको नेपाल, बंगलादेश, भारत, पाकिस्तान, फिनल्याण्ड, अष्ट्रेलिया, नाइजेरिया, स्पेन, आयरल्याण्ड र संयुक्त राज्य अमेरिका लगायत ११ देशहरूमा कार्यालयहरू रहेका छन्।
 

प्रतिक्रिया