छविलाललाई आज रुपन्देही बाट पोखरा लगिँदै

काठमाडौं । सहकारी बचत अपचलनमा पक्राउ परी कास्की बाट रुपन्देही ल्याइएका पूर्वडिआइजी छविलाल जोशी सँग बयान सकिएको छ । 

बयान सकिएकाले जोशीलाई बुधबार दिउँसो कास्की पठाउने तयारी गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडे सहित प्रहरी अधिकारीहरूले जोशीको बयान लिएका हुन् । 

संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौं बाट पक्राउ परेका हुन् ।

 

प्रतिक्रिया