हिजबुल्लाहले लियो इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमणको जिम्मेवारी

एजेन्सी । हिजबुल्लाहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित गरी गत हप्ता गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ । 

साथै उसले इजरायली सेनाले आफ्ना केही लडाकूलाई पक्राउ गरेको स्वीकार गरेको छ । बेरुतको दक्षिणी उपनगरमा इजरायलले खाली गर्ने चेतावनी दिएको केही समय अघि हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले स्थानमा आयोजित पत्रकार सम्मेलनमा यी कुराहरू बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार नेतन्याहूले केन्द्रीय शहर कैसरियामा रहेको आफ्नो निवास तर्फ एउटा ड्रोन प्रक्षेपण गरिए पछि आफू र आफ्नी पत्नीको हत्या गर्ने प्रयास गरेको आरोप हिजबुल्ला माथि लगाएका थिए । 

अफिफले सङ्ख्या उल्लेख नगरी समूहका केही लडाकूहरू इजरायली सेना द्वारा पक्राउ परेको पनि स्वीकार गरेका छन ।
 

प्रतिक्रिया