इजरायली प्रधानमन्त्रीलाई गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकी विदेशमन्त्रीको दबाब

एजेन्सी । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले गाजामा मानवीय सहायता बढाउन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई दबाब दिएका छन् । 

गाजामा युद्धविराम र बन्धक रिहाइको पहल गर्न इजरायल पुगेका उनले गाजामा नागरिकहरुलाई बढी मानवीय सहायताको आवश्यकता बारे छलफल गरेका हुन् । मध्यपूर्वमा द्वन्द्व भड्किरहेको बेला दुई नेता बीच करिब साढे दुई घण्टा वार्ता भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी विदेशमन्त्रीले गाजामा युद्ध विराम अर्थात् पोस्ट वार पछिको योजानाका विषयमा नेतन्याहू सँग ठोस छलफल गरेका छन् । गत वर्षको अक्टोबर ७ देखि इजरायल र हमास बीच युद्ध शुरु भएयता मध्यपूर्वमा ब्लिन्केनको यो एघारौं भ्रमण हो । ब्लिन्केन इजरायलमा रहँदा इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ । 

इजरायली सेनाको पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता रहेको बताइएको छ । उता इजरायली डिफेन्स फोर्स–आइडीएफले हिजुबुल्लाह प्रमुखका हसन नसरुल्लाहका उत्तराधिकारी हासेम सफिद्दिन मारिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया