तिहारमा पटाकाजन्य पदार्थ पड्कउन बन्देज लगाइने

काठमाडौं । तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ । 

यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी सरकारले गरेको हो । 

वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले पनि तिहारमा पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइने तयारी सरकारले गरेको गृह मन्त्रालयले जनाएको छ । नेपालको छिमेकी भारतमा गत साता देखि नै पटाकाजन्य पदार्थ यो वर्षको दीपावली र आसपासका पर्वमा गर्न नपाइने गरी कडाइ गरिसकिएको छ । 

पटाकाको अनियन्त्रित र असावधानीयुक्त प्रयोगले बर्सेनि आगलागी बढाउने गरेको छ । त्यस बाट पनि जनधनको क्षति बढ्ने गरेको छ । 
 

प्रतिक्रिया