सडकमा डोजर तेर्स्याएर बालुवाटार अगाडि निर्माण व्यवसायीकाे विराेध
निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन्। निर्माण उद्योगमा भएका समस्यालाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने माग सहित उनीहरूले सडकमा डोजर तेर्साएर प्रदर्शन गरेका हुन्।
व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।
प्रदर्शनमा व्यवसायीहरूले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
‘
प्रतिक्रिया