प्रधानमन्त्री ओलीले आज सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी.शर्मा ओलीले बुधबार सरकारको सय दिने उपलब्धी सार्वजनिक गर्न लागेका छन् ।  

बुधबार दिउँसो साढे २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबार बाट उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्ने भएका छन् । ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । 

गत असार १७ गते नेपाली कांग्रेस र एमाले बीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेल बाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर शुुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन । 
 

प्रतिक्रिया