उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया

काठमाडौं  । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । 

हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन् ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको बुधबार शल्यक्रिया गरिने छ । 

उपराष्ट्रपति यादव लामो समय देखि हर्निया सम्बन्धी समस्या बाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्नेछन् । 
रासस 

प्रतिक्रिया