अर्थ मन्त्री पौडेल अमेरिकामा

वासिङ्टन, डिसी । अर्थ मन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङ्टन डिसीमा आइपुगेका छन् । 

उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टन स्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । 

मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरू सँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । 

मन्त्री पौडेलले अमेरिकी उद्यमी–व्यवसायीहरु सँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
रासस 

प्रतिक्रिया