सञ्चार मन्त्रालयले शतप्रतिशत पूरा गर्‍यो सय दिनको कार्ययोजना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको सय दिनको कार्ययोजना शतप्रतिशत पूरा गरेको छ ।

मन्त्रालयलाई तोकिएको लक्ष्य र जिम्मेवारी पूरा हुनमा सरकारका प्रवक्ता एवं मन्त्री पृथ्वी सुब्बा गुरुङ र सचिव राधिका अर्यालको तदारुकता र कर्मचारीको उच्चस्तरको कार्यसम्पादन रहेको मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताए ।

प्रवक्ता ठाकुरले सीमित स्रोतसाधानमा महत्त्वपूर्ण काम सम्पादन पूरा गर्नु चुनौतीपूर्ण रहेको बताए ।

“भौगोलिक चुनौती र सीमित स्रोतसाधनमा काम सम्पादन गर्नु सजिलो थिएन”, उनले भने, “यसमा मन्त्रालय मातहतका कर्मचारी, प्रमुखको कडा परिश्रम र मन्त्री एवं सचिवको प्रोत्साहनले समयमै लक्ष्य पूरा गर्न सम्भव भएको हो ।”

मन्त्रालयले पूरा गरेको काम एकल नभई सामूहिक सहकार्यको प्रतिफल रहेको उनको भनाइ छ । आगामी त्रैमासिक कार्ययोजना अझै गुणस्तर र प्रभावकारी ढङ्गले सफल बनाउन जुझारु रहेको उनले सुनाए ।
 

प्रतिक्रिया