अब बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेसपा–नयाँ शक्ति,महाधिवेशन आगामी माघमा

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेपाल समाजवादी पार्टी  ’नयाँ शक्ति’ राख्ने निर्णय भएको छ।

यही कार्तिक ५ र ६ गते पोखरामा  सम्पन्न नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नामको पछि ’नयाँ शक्ति’ थप्ने निर्णय गरेको हो ।

अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने पनि निर्णय गरेको छ ।महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ। साथै पार्टी केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुनेछ।

अध्यक्ष, समावेशी उपाध्यक्ष पाँच जना, महासचिव, तीन सचिव, कोषाध्यक्ष गरी ११ जना पदाधिकारी रहनेछन्।
 

प्रतिक्रिया