आज मात्रै भारतीय कम्पनीका ५० वटा जहाजमा बम राखिएको हल्ला

काठमाडौं । भारतबाट नेपाल आएको भिस्तारा एयरलाइन्सको एक जहाजमा बमको हल्लापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीले आवश्यक चेकजाँच गरिरहेको छ ।

नेपाल आउने विमानमा बमको हल्लाको सूचना पछिल्लो समयको यो पहिलो हो ।

केही दिनयता भारतीय कम्पनीका विमानहरुमा बमको हल्लाको आतंक नै मच्चिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार मंगलबार मात्रै भारतमा झण्डै ५० वटा उडानमा बमको हल्ला फैलिएको छ । पछिल्लो समय फरक फरक कम्पनीका जहाजमा बम रहेका सूचना फैलिइरहेको समाचारमा जनाइएको छ । 

मंगलबार इन्डिगोका १० उडानमा यस्तो चेतावनी दिइएको थियो । तीमध्ये कम्तीमा तीन उडान डाइभर्ट नै गर्नुपरेको बताइएको छ ।

यता एयर इन्डियाका विमानमा पनि सोमबारदेखि मंगलबार रातिसम्म १० उडानमा बमको डर देखाइएको छ ।

प्रतिक्रिया