नेप्सेमा २५.८८ अंकले बृद्धि, ४ अर्ब १७ करोड कारोबार

काठमाडौ। अघिल्ला दुई दिन लगातार घटेको सेयर बजारमा मंगलबार सुधार आएको छ । मंगलबार नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५ अंकमा कायम भएको छ । बजारको अंक बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भयो । मंगलबार १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । आज सबै समूहका सूचक बढेका छन् । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्दा बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशतले बढ्यो । आज रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ८.८६ प्रतिशतले बढ्दा, विन नेपाल लघुवित्तको मूल्य ४.७५ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया