संबैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीसमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने तयारी
संवैधानिक परिषद्को बैठक आज बस्दैछ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज अपरान्ह चार बजे बैठक बोलाइएको छ ।
सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० बाट अनिवार्य अवकाशमा जान लागेकाले नयाँ प्रधानन्यायाधीस नियुक्त गर्न लागिएको हो । सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नै प्रधानन्यायाधीशको रोलक्रममा छन्। त्यसपछि ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य छन । परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ । संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर प्रधानन्यायाधीशले अवकाश पाउने चार दिनअघि बल्ल संवैधानिक परिषद्को बैठक बस्न लागेको हो र रु मंगलबार नै परिषद्ले सिफारिस गरे संसदीय सुनुवाइ प्रक्रिया अघि बढने छ । सुनुवाइपछि प्रधानन्यायाधीसलाई राष्ट्रपतिले नियुक्त गर्नेछन ।
प्रतिक्रिया