अर्वपति मस्कले ट्रम्पको पक्षमा लाग्ने मतदातालाई १० लाख डलर दिने

एजेन्सी । अमेरिकाका  अर्बपति व्यापारी एलोन मस्कले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक हुन सक्ने ठानिएका राज्यका मतदातामध्ये एक जनालाई दैनिक १० लाख अमेरिकी डलर वितरण गर्ने घोषणा गरेका छन्। 

अमेरिकामा आउँदो  नोभेम्बर ५ मा राष्ट्रपतिको  निर्वाचन हुँदै छ । राष्ट्रपतिका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार रहेका छन् । ह्यारिस डेमोक्र्याटिक र ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका हुन् । मस्कले ट्रम्पको पक्षमा समर्थन जुटाउन  मस्कले राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन जुटाउन ‘अमेरिका पीएसी’ अभियान थालेका छन्।त्यसमा सहभागी हुन सहमत हुने मतदाताहरूलाई हस्ताक्षर गरेकै आधारमा मस्कले नगद पुरस्कार दिने घोषणा गरेका हुन्।

सो अभियानमा सहभागी हुन हस्ताक्षर गर्ने ’स्विङ स्टेट’ मानिएका सात राज्यका मतदाता मध्येबाट प्रत्येक दिन एक जनाले १० लाख अमेरिकी डलर हात पार्ने छन्। त्यो क्रम मतदान हुने दिनसम्म चल्ने छ।मस्कले घोषणा गरेको १० लाख डलर पुरस्कार पहिलो पटक अक्टोबर १९ मा पेन्सिल्भेनियाकी एक महिलाले पाएकी थिइन्।

त्यसरी वितरण गरिने पुरस्कारको कुल रकम १३ करोड रुपैयाँ भन्दा बढी हुन्छ। मस्क पहिला डेमोक्र्याटिक पार्टीका समर्थक थिए। ट्रम्प राष्ट्रपति हुँदा मस्कको उनीसँग त्यति राम्रो सम्बन्ध थिएन। पछि डेमोक्र्याटहरूसँग उनको सम्बन्ध बिग्रियो।

सन् २०२२ को मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टी परित्याग गर्दै उनले आफ्ना समर्थकहरूलाई रिपब्लिकन पार्टीलाई मत दिन आह्वान गरे।

यो वर्ष उनी अमेरिकाको राजनीतिमा अझ बढी संलग्न भएका छन्। उनले दान मात्रै दिएका छैनन्, रिपब्लिकनहरूलाई सहयोग पु¥याउन सामाजिक सञ्जालमा पोस्ट पनि गर्दै आएका छन्। मस्क बिभिन्न सामाजिक सञ्जालका संचालक हुन् ।  
 

प्रतिक्रिया