बेलायतका राजारानीको सिड्नी भ्रमणको क्रममा आदिवासी प्रदर्शनकारी पक्राउ

एजेन्सी । बेलायती राजा चाल्र्स र महारानी क्यामिलाको अष्ट्रेलिया भ्रमणको अन्तिम दिन उनीहरुको स्वागतका लागि सडकमा भीड लागिरहेका बेला बिरोध प्रदर्शन गर्ने एक आदिबासी कार्यकर्तालाई पक्राउ गरिएको छ । 

गत शुक्रबार बेलायती राजारानी ५ दिने भ्रमणमा अष्ट्रेलिया पुगेका थिए ।  राजारानीको भ्रमणको अन्तिम दिन उनीहरुलाई हेर्न र स्वातगका लागि सडकमा धेरै ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । त्यहीबेला ब्रिस्बेनका प्रख्यात आदिवासी कार्यकर्ता वेन व्हार्टनलाई राजतन्त्र विरोधी नारा लगाएर अघि बढ्न खोज्दा प्रहरीले पक्राउ गरेको हो सोमबार अष्ट्रेलियाको संसदमा बेलायती राजाले संबोधन गरिसकेर आसनग्रहण गरिरहँदा स्वतन्त्र आदिवासी सांसद लिडिया थोर्पेले ’तपाईं मेरो राजा होइन’ भनेर चिच्याएकी थिइन् । उनको सिको गर्दै  आदिवासी कार्यकर्ता वेनले पनि हाम्रो राजा होइन’ भनेर चिच्याए ।  

तर  राजनीतिज्ञहरू र केही आदिवासी नेताहरूले  थोर्पेको र बेनको व्यवहारको निन्दा गरेका छन् । बेनलाई प्रहरीले पक्राउ गरेपछि राजारानीलाई हेर्न भेला भएका मानिसले प्रहरीको प्रहरीको प्रशंसा गरेका छन् । उनीहरुले बेलायती राजा रानीप्रति निकै ठूलो सम्मान प्रकट गरे । राजारानीको बिरोध गर्ने थोर्पे र वेनप्रति अष्ट्रेलियाका मानिसहरुले वेवास्ता गरे । स्वतन्त्र सिनेटरको विरोधलाई केही आदिवासी कार्यकर्ताहरूले बहादुरको रूपमा प्रशंसा गरेका छन्, तर अन्य प्रमुख आदिवासी अस्ट्रेलियालीहरूले यसलाई “लज्जास्पद“ र अपमानजनक भनी निन्दा गरेका छन्।

राजा चार्ल्सले मंगलबार रेडफर्नमा आदिवासी उत्कृष्टताको राष्ट्रिय केन्द्रको भ्रमण गरे ।  जहाँ उनले आदिवासी नेताहरुसँग भेट गरे।

कुनै समय अस्ट्रेलिया बेलायतको  उपनिवेश रहेको थियो । त्यतिबेला बेलायतले आदिबासी अष्ट्रेलियालीको नरसंहार गरेको आरोप छ । त्यसकारण  राजा चार्ल्सको चर्को विरोध गरिएको हो । 
 

प्रतिक्रिया