सुनको मूल्यमा लगातार कीर्तिमान

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य मंगलबार पनि वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ । 

सोमबार  छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जसअनुसार मंगलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बदेको हो  ।

सुनको मुल्य तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेर हाल सम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो ।

यस्तै, चाँदीको मूल्य  मंगलबार २ हजार १ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रतिक्रिया