रवि लामिछानेको मुद्दामा कागजात प्रमाणितको काम हुँदै

काठमाडौं । सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कागजात प्रमाणितको काम भइरहेको जनाएको छ । 

सहकारीको रकम हिनामिना र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्की बाट ६ दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको छ ।  जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर सामान्य सोधपुछ गर्दै कागजात प्रमाणित गरे पनि बयान भने अहिले सम्म लिएको छैन । 

कागजात, मिसिल, सोधपुछ, पत्रचार पछि वयान प्रक्रिया अघि बढने बताइएको छ । शुक्रबार रा.स्व.पा.को केन्द्रीय कार्यालय बाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको थियो । 

आइतबार अदालत खुलेपछि हिरासतमा राख्ने अनुमति लिन अदालत पेश गरिएको हो । उनलाई बिहीबार दोस्रो पटक म्याद थप्न अदालत पेश गर्ने सम्भावना रहेको छ । यसै बीच लामिछाने पक्राउको विरोधमा रा.स्व.पा.पोखरामा निरन्तर प्रदर्शन गर्दै आएको छ । 

पछिल्लो घटनाक्रमका विषयमा रा.स्व.पा.ले मंगलबार पोखरामा पत्रकार सम्मेलन समेत आयोजना गर्दैछ ।
 

प्रतिक्रिया