अर्थ मन्त्री विष्णु पौडेल अमेरिका प्रस्थान

काठमाडौं । उप प्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेल अमेरिका प्रस्थान गरेका छन् । 

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको वार्षिक बैठकमा भाग लिन पौडेल सोमबार राति अमेरिकाको वासिङ्टन डिसी तर्फ प्रस्थान गरेका हुन् । 

वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

 

प्रतिक्रिया