रुस बाट उत्तर कोरियाली सेना फर्काउन दक्षिण कोरियाको चेतावनी

एजेन्सी । युक्रेन सँग लडिरहेको रुसलाई सहयोग गर्न उत्तर कोरियाली सेना मस्को पुगेको भन्दै दक्षिण कोरियाले आपत्ति प्रकट गरेको छ । 

दक्षिण कोरियाले र रुसी राजदुतलाई बोलाएर युक्रेनमा लड्न तालिम लिइरहेको भनिएका उत्तर कोरियाली सैनिकलाई तत्काल देश फर्काउन माग गरेको हो ।

दक्षिण कोरियाका लागि रुसी राजदूत जर्जी जिनोभिएभ सँगको भेटमा दक्षिण कोरियाका उप–विदेशमन्त्री किम होङ–क्युनले यस कदमको निन्दा गर्दै सियोलले उपलब्ध सबै उपाय सहित जवाफ दिन चेतावनी दिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसी राजदुत जिनोभिएभले मस्को र प्योङयाङ बीचको सहयोग अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्र रहेको कुरामा जोड दिए । उत्तर कोरियाले रुसी सेनालाई सहयोग गर्न सेना पठाएको आरोप भने उनले पुष्टी गरेनन् । 

उत्तर कोरियाले भने यस आरोपमा कुनै टिप्पणी गरेको छैन । दक्षिण कोरियाली जासुसी एजेन्सीका अनुसार विशेष बलका सैनिकहरू सहित लगभग १५ सय उत्तर कोरियाली सैनिकहरू रूस पुगेका छन् । यो संख्या १२ हजार नाघ्ने केही मिडियाहरुको दाबी छ ।। 
 

प्रतिक्रिया