महाराष्ट्रमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्यो, पन्ध्र मजदुरको मृत्यु

भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा गर्डर मेसिन खस्दा १६ जना मजदुरको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन । भारी तौल भएका कारण गर्डर मेसिनलाई तत्काल हटाउन नसकिएको र उक्त भग्नावशेष भित्र केही मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ । ठाणे जिल्लाको शाहपुर नजिक सरलांबेमा समृद्धि एक्सप्रेस सडकमा पुल निर्माणको क्रममा एक गर्डर मेसिन खसेर दुर्घटना भएको हो । पुल बनाउन तथा ठूला भवनको लागि फालम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ । सो गर्डर राख्न प्रयोग गरिएको मेसिन खसेको प्रहरीले जनाएको छ । सो सडकमा रातको समयमा निर्माण कार्य हुँदै आएको थियो । ७ सय १ किलोमिटर लामो यो सो सडकले मुम्बई र नागपुरलाई जोड्छ । राजमार्ग निर्माणको तेस्रो चरणको काम हाल ठाणे जिल्लामा भइरहेको थियो ।

प्रतिक्रिया