रसियामा आज देखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू

एजेन्सी । १६औं ब्रिक्स शिखर सम्मेलन मंगलबार देखि रसियामा शुरू हुँदैछ । 

रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् । सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

महासचिव गुटेरेसको सन् २०२२ अप्रिल पछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले बिहीबार अक्टोबर २४ मा गुटेरेस सँग द्विपक्षीय वार्ता गर्नेछन् । यसअघि ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण रद्द गरेका छन् । 

उनले भिडियो कन्फ्रेसिङ्गको माध्यम बाट सम्मेलनमा भाग लिने जनाइएको छ । ब्रिक्स शिखर सम्मेलन बिहीबार सम्म चल्नेछ ।
 

प्रतिक्रिया