इजरायलले बेरुतको एक सरकारी अस्पताल नजिकै गरेको हवाइ आक्रमणमा ४ जनाको मृत्यु

एजेन्सी । इजरायलले बेरुतको एक सरकारी अस्पताल नजिकै गरेको हवाइ आक्रमणमा एक बालक सहित चार जना मारिएका छन् ।  

राफिक हरारी युनिभर्सिटी अस्पतालको कार पार्किङ क्षेत्रमा भएको उक्त आक्रमणमा अन्य २४ जना घाइते भएका छन । सोमबार सांझ मात्रै इजरायलले दक्षिणी बेरुतमा १३ वटा हवाई आक्रमण गरेको छ । इजरायली सेनाले हिजबुल्लाह सँग जोडिएको क्षेत्रमा आक्रमण गरेको दाबी गरेको छ । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमण अघि इजरायल सरकारका प्रवक्ताले दक्षिणी बेरुतका थुप्रै स्थानका वासिन्दालाई अन्यत्र जान चेतावनी दिएका थिए । तर, इजरायलले चेतावनी दिएको क्षेत्रमध्ये राफिक अस्पताल भने समावेश थिएन् । 

यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन गाजा युद्धविरामको पहल गर्न मध्यपुर्वको भ्रमणमा निस्केका छन् । सो क्रममा इजरायल र उसका छिमेकी अरब देशका नेताहरु सँग छलफल गर्ने कार्यक्रम रहेको समाचारमा उल्लेख छ । 

ब्लिङ्केनले लेबनानमा भइरहेको संघर्ष कम गर्ने विषयमा पनि छलफल गर्ने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । गत वर्षको अक्टोबर ७ देखि इजरायल हमास युद्ध शुरु भएयता मध्यपूर्वमा ब्लिङ्केनको यो एघारौं भ्रमण हो ।

प्रतिक्रिया