महिला विश्वकप: समूह विजेता बन्दै जापान नकआउट चरणमा

जापान समूह विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनमाथि ४–० को सानदार जित निकाल्दै जापान समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । हारका बावजुत स्पेन पनि समूहको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार न्युजिल्यान्डस्थित वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई तथा रिको युकी र मीना तानाकाले समान एक गोल गरिन् । पहिलो हाफमा तीन गोल गरेको जापानले दोस्रो हाफमा एक गोल थपेको थियो । अपराजित रहेको जापानले तीन खेलबाट ९ अंक बटुल्यो । जापानसँग पराजित स्पेन ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । यो समूहमा जाम्वियाले ३ तथा कोस्टा रिका अंकविहीन बनेर बाहिरियो । सोमबार नै ह्यामिल्टनमा भएको यही समूहको अर्काे खेलमा जाम्वियाले कोस्टा रिकालाई ३–१ ले पराजित गर्दै समूहमा सान्त्वना जित निकालेको छ । जाम्वियाको जितमा लुसोमो मेम्वा, बारब्रा बन्डा र रचेल कुन्दानान्जीले गोल गरिन् ।।

प्रतिक्रिया