साफ महिला च्याम्पियनसिपमा भुटानले श्रीलंकालाई ४—१ गोल अन्तरले पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भुटानले श्रीलंकालाई ४—१ गोल अन्तरले पराजित गरेको छ । आज दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले श्रीलंकालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

भुटानका लागि डेकी लहाजोमले २ गोल गरेकी थिइन् भने नामग्याल डेमा र दोर्जी एडोनले एक एक गोल गरेकी थिइन् । त्यस्तै श्रीलंकाका लागि एक गोल थुशानी मदुशिकाले गरेकी थिइन् ।

यो जितपछि भुटान समुह बी मा ४ अंक जोडेर शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै श्रीलंकाको २ खेलमा ३ अंक रहेको छ । अब भुटानले समुह चरणको अन्तिम खेलमा विहिबार माल्दिभ्ससँग खेल्ने छ भने श्रीलंकाले सोहि दिन नेपालको सामना गर्ने छ ।

प्रतिक्रिया