प्रहरी सेवामा उच्च व्यावसायिकता र समर्पण आवश्यक रहेको : महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवामा उच्च व्यावसायिकता र समर्पण आवश्यक रहेको बताएका छन् ।

आज सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा प्रहरी निरीक्षक आधारभूत तालिमको उदघाटन गर्दै उनले बद्लिँदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवम् सुदृढीकरण गर्नुपर्ने बताएका हुन । 

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित असाहय, पीडित र अन्यायमा परेका नागरिकको आड भरोसाको केन्द्र रहेको चर्चा गरेका छन् ।
 

प्रतिक्रिया