छविलाल जोशीलाई रुपन्देहीमा बयान लिदैं

काठमाडौंं । छविलाल जोशीलाई अहिले जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिने क्रम जारी रहेको छ ।  सूर्य दर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई केहीबेर अघि रुपन्देही ल्याइएको हो ।

कास्कीबाट भैरहवा ल्याइएका जोशीलाई अहिले बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जनाएको छ ।  उनलाई पोखराबाट जहाजमार्फत रुपन्देही ल्याएको हो  । सहकारी ठगीबारे बयान सकेपछि उनलाई  फेरि पोखरा पठाइने छ ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ गरेका थिए ।

प्रतिक्रिया