महानगर राप्रपा कार्यालयमा डोजर चलाउन तयारी अवस्थामा, सिडिओ कार्यालयमा छलफल

काठमाडौं महानगरपालिकाले  केही नगर प्रहरी र डोजर  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हाँडीगाउँमा तयारी अवस्थामा राखेको छ। महानगरले हाईटेन्सन लाइनको तल कार्यालय रहेको भन्दै डोजर चलाउने तयारी गरेकाे हाे । महानगरले डोजर चलाउने भएपछि राप्रपाका कार्यकर्ताले अवरोध गरेका छन् ।  डोजर चलाउन अवरोध भएसँगै महानगरका पदाधिकारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँग छलफल थालेका छन् । छलफलमा काठमाडौँका एसएसपी दानबहादुर कार्की, महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र विद्युत्त प्राधिकरणका प्रतिनिधि सहभागी छन् । 

अहिले महानगरका पदाधिकारी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको छ।

बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो। तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो।महानगरले कार्यालय भत्काउने भनेपछि सोमबार बिहानैदेखि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेका छन्। राप्रपा कार्यकर्ताहरूले सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन्।

प्रतिक्रिया