रवि लामिछानेसँग बयान लिने काम सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिन थालेका छन् । 

जिल्ला अदालत कास्कीले आइतवार लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसंगै कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको हो । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।
उनीबिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सो सहकारीको रकम अपचलन गरेको आरोप छ । 
 
  

प्रतिक्रिया