गण्डकीमा रिक्त रहेको बन मन्त्रीमा कांग्रेसका पौडेल नियुक्त


काठमाडौं  । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालय कांग्रेस सांसद भेषबहादुर पौडेलले पाउने भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गर्न लागेको उनको सचिवालयले जनाएको छ।

पौडेलको आजै शपथ हुने भएको छ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ । मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिएका थिए ।स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली रहेको थियो ।

लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट रहेका छन्। नेपाली कांग्रेस लमजुङका पूर्व सभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि रहेका थिए ।

प्रतिक्रिया