बालिकालाई यौन व्यवसायमा लगाउने महिला पक्राउ

काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन् ।

उनले बन्धक बनाएर ४ जना बालिकालाई यौन व्यवसायमा लगाएकी थिइन् । प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ ।

उनले मुलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यसायमा लगाएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
 

प्रतिक्रिया