प्रतिनिधिसभा बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित

आज सोमबार १ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। क्विन्टल सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

एमालेले गरेको संसद् अवरोध खुलाउन सोमबार अपराह्न सभामुख देवराज घिमिरे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। 

सदन खुलाउन आज बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए। 
 

प्रतिक्रिया