अमेरिकाविरुद्धको टी–२० सिरिजमा नेपालको क्लिन स्वीप

काठमाडौं। नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिजमा क्लिन स्वीप गरेको छ ।

नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज क्लिन स्वीप गरेको हो। सोमबार बिहान भएको खेलमा नेपालले अमेरिकामाथि आठ विकेटको जित हासिल गरेको हो। अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालले यसअघि पहिलो खेल १७ रनले जितेको थियो। शनिबार भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेल अगाबै सिरिज जितिसकेको थियो।नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।उनीहरूले तेस्रो विकेटका लागि ७४ रनको निर्णायक र नटआउट साझेदारी गरे ।

अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिएका थिए।  टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक/ एक विकेट लिएका थिए । नेपालको टी-२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो ।

 

प्रतिक्रिया